२१ फागुन, काठमाडौं । धनुषा, धनुषाधाम नगरपालिका-३ सर्सामोडस्थित सडकमा ज.१२ प १३९४ नम्बरको मोटरसाइकल र ज.६ प २४५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा ज.६ प २४५२ नम्बरको मोटरसाइकलका चालक सोही नगरपालिका(८ केसरकुट्टी बस्ने ४४ वर्षीय बिजय महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा बुधबार बिहान बाटोमै मृत्यु भएको हो । ज.१२ प १३९४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका-१ ड्राइभर टोलस्थित सडकमा ना।६ ख ३०१३ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री पर्सा वीरगंज महानगरपालिका-८ भिसुवा घर भएका ४३ वर्षीय सन्तोष सराफको गए राति मृत्यु भएको छ ।
म.प्र.०३-००२ ख ०५३६ नम्बरको ट्रकले ठक्कर दिँदा लडेको अवस्थामा पुनस् ना.६ ख ३०१३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुबै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।