२१ फागुन, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ ।
बैठकमा सरकारका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ। साथै, प्रशासन र स्वास्थ्य क्षेत्रका दुई रिक्त सचिव पदमा नियुक्तिको विषयमा पनि बैठकले निर्णय गर्ने सम्भावना छ।
हाल प्रशासन सेवा र स्वास्थ्य मन्त्रालयमा एकरएक सचिव पद रिक्त रहेका छन्। ती पदमा योग्य व्यक्तिहरूलाई नियुक्त गर्ने प्रक्रिया आजको मन्त्रिपरिषद् बैठकमार्फत टुंगो लाग्दै छ ।