|  

अमेरिकालाई चीनको चेतावनीः यदि अमेरिका चाहन्छ भने चीन युद्धको लागि तयार छ

२२ फागुन, काठमाडौं ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ ।

अमेरिकास्थित चिनियाँ दूतावासले चीन सबै प्रकारको युद्धको लागि तयार रहेको बताएको छ।चिनियाँ दूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ, ‘चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौं।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारदेखि चीनमाथि १० प्रतिशत नयाँ कर लगाउने घोषणा गरेका छन्। यसअघि पनि फेब्रुअरीको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएका थिए ।

केही दिन भित्रै अमेरिकाले चिनियाँ सामानहरूमा कुल २० प्रतिशत लेवी (कर) लगाएको छ।ट्रम्पको कदम लगत्तै मंगलबार चीनले पनि अमेरिकाबाट चीन आउने धेरै कृषि उत्पादनहरूमा फेब्रुअरीमा जस्तै १० प्रतिशत देखि १५ प्रतिशत सम्मको भन्सार शुल्क लगाएको छ।