२२ फागुन, काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज विवाह बन्धनमा बाँधिँदै छन् ।
उनीहरूको विवाह समारोह राजधानीमै आयोजना गरिएको छ । विवाहका लागि दुवैले नजिकका साथीभाइ, आफन्त र गीतसङ्गीत क्षेत्रका व्यक्तिहरूलाई निम्तो दिएका छन् ।
दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।