२२ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् ।
शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो ।
उनको उपचारमा डा. यादवदेव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो। पारसलाई आइतबार अपरान्ह साढे चार बजे तिर छातीमा समस्या देखिएपछि उपचारका लागि नर्भिक लगिएको थियो ।