|  

काठमाडौंको धुम्बाराहीमा इभी बसमा आगलागी

२२ फागुन, काठमाडौं । काठमाडौंको धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।  बसमा बुधबार राति चार्ज गर्ने क्रममा आगलागी भएको हो ।