२२ फागुन, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।