२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन् ।
उनले बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए । महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको बालेन साहको पुर्ख्यौली घरमा स्वागत कार्यक्रम राखेको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ,’ प्रचण्डले भने, ‘बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’