|  

यस वर्षको एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

२२ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत ७ गतेदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने बताएको छ ।

कार्यालयका अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०)र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८ / ०७९) ले फारम भरेका छन् ।

परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ ।विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम धमाधम भइरहेको छ ।