२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजतन्त्र नफर्किने दाबी गरेका छन् ।
महोत्तरीको गौशाला नगरपालिका-१, रामनगरमा आज ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै सो अभिव्यक्ति दिएका हुन । उनले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको दाबी गरे । उनले भने, ‘अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन।’