२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पब्लिक प्राइभेट पर्टनरसिपको आधारमा सुधार नगरेसम्म बिचौलियाको स्वार्थमा नेप्से डुब्ने निश्चित भएको धारणा राखेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा सांसद केसीले नेप्सेको पुनर्संरचना गरेर मात्र निजी क्षेत्रलाई अर्को स्टक एक्सचेन्जको लाइसेन्स दिन उपयुक्त हुने बताएका हुन् । केसीले भने, ‘खर्बौंको यो संस्था र सेयरहोल्डरको सुरक्षाका लागि नेप्सेलाई पब्लिक प्राइभेट पार्टनरसिपको आधारमा सुधार नगरेसम्म बिचौलियाको स्वार्थमा नेप्से डुब्ने निश्चित छ । निजी क्षेत्रलाई दिने कुरामा विमति हैन, स्वच्छ प्रतिस्पर्धा र नेप्सेको सुव्यवस्थापन आजको मूल रूपबाट राष्ट्रिय चासो हो ।’
निजी क्षेत्रलाई नयाँ स्टकको लाइसेन्स दिनुअघि नेप्सेको पुनर्संरचना गर्न अनिवार्य रहेको उनले बताए । सरकार र सरकारी संस्थाले नेप्सेको स्वमित्व ओगटेर बस्न नहुने पनि उनले बताए ।