|  

नेप्से आज सामान्य अंकले घट्यो

२२ फागुन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

आज २.७० अंकले घटेर २८१८.४३ विन्दुमा बन्द भएको छ । हिजोको तुलनामा आज नेप्से शून्य दशमलव शून्य ९ प्रतिशतले घटेको हो । आज सय वटा कम्पनीको मूल्य बढ्यो भने १३१ कम्पनीको मूल्य घट्यो । १२ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ९३ हजार ८९५ पटकको सेयर किनबेचबाट १० अर्ब १० करोड १८ लाख रुपैयाँ कारोबार भएको छ । आज १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर किनबेच भएका छन् ।