२२ फागुन, काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको नतिजाले परेको बताए । उनले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा प¥यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने जानकारी दिए । उनले कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् ? कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन ? कुन कालखण्डमा कसले काम ग¥यो र यो ग्रे लिस्टमा प¥यो भन्नेकुराको वर्णन छिटै गर्ने पनि बताए । दुई वर्षको समय नलिइ छोटो समयमै ग्रे लिस्टबाट बाहिर आउने प्रक्रियामा नेपाल रहेको पनि बताए ।