|  

६ देशका गैरआवासीय राजदुतले राष्ट्रपति पौडेललाई बुझाए ओहोदाको प्रमाण पत्र

२२ फागुन, काठमाडाैं । विभिन्न ६ देशका गैरआवासीय राजदुतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बिहीवार राष्ट्रपति निवास शितलनिवासमा पुगेर उनीहरुले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । गणतन्त्र गिनीका अलास्सेन कोन्टे, गणतन्त्र युगाण्डाका जोइस काकुरामत्सी किकाफुण्डा, बोस्निया तथा अर्जगोभिनाका जारिस हर्ले, गणतन्त्र ग्वाटेमालाका उमर लिसान्ड्रो कास्टानेडा, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउत्सोमितोपौलोले ओहोदाका प्रमाणपत्र पेश गरे ।