|  

पुर्वराजाप्रति इंगित गर्दै प्रचण्डले भने- पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो हुँदैन 

२२ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको बताएका छन ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत महोत्तरीको सम्सी गाउँपालिकामा आज भएको कार्यक्रममा बोल्दै उनले त्यस्ता सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने बताएका हुन् । उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न पनि चेतावनी दिए ।

कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने उनले बताए ।