२२ फागुन, काठमाडौं । घरैमा काम सघाउन राखिएकी नाबालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष विष्णु गिरी पक्राउ परेका छन ।
स्याङ्जाको पुतलीबजार नगरपालिका १४ का ५१ वर्षीय गिरीलाई पक्राउ गर्न भन्दै कास्की प्रहरीले स्याङ्जा प्रहरीलाई पत्राचार गरेको थियो । पक्राउ परेका उनलाई मंगलबार कास्की ल्याइएको छ । उनीमाथि ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
बयानका क्रममा पीडित बालिकाले अघिल्लो वर्षदेखि नै करणी र हिंसा भएको खुलाएकी छिन । गिरी केही महिनाअघि मात्र एकीकृत समाजवादी पार्टी स्याङ्जाको अध्यक्ष बनेका थिए भने माघ अन्तिममा मात्र गण्डकीको उपाध्यक्ष बनेका हुन । पोखरामा उनी परिवारका सदस्यका साथ बस्ने गर्थे । त्यहीबेला उनले ती नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोप छ ।