|  

बढुवा भएका प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान 

२२ फागुन, काठमाडाैं । एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), १२३ प्रहरी नायव उपरीक्षक (डीएसपी) र १४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आज एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका एआईजी तथा प्राविधिक डीएसपी र इन्स्पेक्टरहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।