|  

साँखुमा मानिस सुतिरहेकै अवस्थामा टिपर पस्यो, तीन जनाको मृ#त्यु

२३ फागुन, काठमाडौं । काठमाडौंको शंखरापुर​ नगरपालिका–६ साँखुस्थित एउटा टहरोमा टिपर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको टहरोमा ठोक्किएको थियो । टहरोमा ६१ जना बस्दै आएका थिए ।

टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए, जसमध्ये तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५ वर्षीय हरिजन रहेका छन् । उनीहरूको वास्तविक पहिचान भने थाहा छैन । यी नाम पनि संस्थाले राखेको हो । 

दुर्घटनामा घाइते भएका उनीहरूको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४ः ३० बजे मृत्यु भएको हो । टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा लिएको छ।