२३ फागुन, काठमाडौं । महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् ।
हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टिँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।