२३ फागुन, काठमाडौं । नेकपा एमाले महासचिव शङ्कर पोखरेलले जनआन्दोलनबाट विस्थापित राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर फाल्न नहुने बताएका छन ।
उनले राजावादी गतिविधितिर सङ्केत गर्दै फेसबुकमा भनेका छन,‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान । तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं ।’