२३ फागुन, काठमाडाैं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले भूमिसम्बन्धी अध्यादेश समयसीमाभित्रै संसद्बाट पारित गरिने जानकारी दिएका छन् ।
पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले सत्तारूढ दलमा विस्तृत छलफल गर्नुपर्ने भएकाले पाँच अध्यादेशसँगै भूमि अध्यादेश अघि नबढाइएको बताएका हुन् । उनले भने,‘सत्तारूढ दलमा फेरि पनि छलफल गर्नुपर्ने आवश्यकता रहेको, विस्तृत छलफल गर्न समय लिएको मात्रै हो । यो हराएको छैन । प्रतिनिधिसभामा नै छ, राष्ट्रियसभामा नै छ । समयसीमाभित्र पारित हुन्छ ।’
उनले प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्नुपर्ने भएकाले समयसीमा बाँकी नै रहेको बताए । माघ १८ गते संसद्मा दर्ता भएका अरू पाँच अध्यादेश स्वीकृत भइसकेका छन् । भूमिसम्बन्धी अध्यादेश भने सत्तारूढ दलकै विरोधका कारण ुहोल्ड भएको छ ।