|  

प्रधानमन्त्री कप : कोशीको टिम घोषणा !

२३ फागुन, काठमाडौं । अंकित सुवेदीको कप्तानीमा कोशी प्रदेशले प्रधानमन्त्री कप खेल्ने भएको छ ।

अंकितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । कोशीले प्रशिक्षकको रुपमा राज कुमार प्रधानलाई जिम्मेवारी सुम्पिएको छ । प्रतियोगिता ३ विभागिय सहित ७ प्रदेशको टोलीले सहभागीता जनाउनेछन । ३ वटा फरक भेन्युमा हुने यस प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म हुनेछ ।