२३ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने प्रष्ट पारेका छन् ।
आज इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान) इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चारसम्बन्धी कुनैपनि कानुनी व्यवस्था गर्दा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत जान नहुने बताए । सभामुख घिमिरेले संसद कानुन निर्माण गर्दा तोकतान्त्रिक मूल्य मान्यता र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यतालाई आत्मासाथ गर्ने कुरामा पूर्ण प्रतिबद्धता रहेको बताए ।