२३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक कुमार सिंहले बुद्ध एयरको जहाज दुर्घटनाको छानविन गर्न माग गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकको आकिस्मक समयमा बोल्दै सांसद सिंहले एउटा पांग्रामा ल्यान्ड गरेको विषयमा जाँचबुझ आयोग गठन गर्न माग गरेका हुन् । बिहीबार ४ बजेर ३९ मिनेटमा काठमाडौंका लागि उडेको उक्त जहाज काठमाडौंमा ५ बजेर ६ मिनेटमा अवतरण गरेको थियो ।
9N-ANH उडान नम्बरको विमान अवतरण गर्दा अगाडिको एउटा पांग्रा नै थिएन । उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बताइएको छ। विमानमा ६२ यात्रु थिए। अगाडिका दुईमध्ये एक पाङ्ग्रा नदेखिएपछि सोधखोज गर्दा उक्त पाङ्ग्रा जनकपुरमै छुटेको पछि मात्र थाहा भएको थियो।