|  

जब उडिरहेको विमानमै एक महिला यात्री नग्न भइन्.....

 २३ फागुन, काठमाडौं । अमेरिकाको टेक्सासस्थित ह्युस्टनबाट फिनिक्सतर्फ जाँदै गरेको साउथवेस्ट एयरलान्इसको एउटा विमानमा एक महिलाले आफ्नो कपडा खोलेर नग्न भएकी छन् ।

करिब २५ मिनेटसम्म ती महिला नग्न अवस्थामै विमानमा होहल्ला गर्दै बसेको बताइएको छ । सोमबार विलियम पी हबी विमानस्थलबाट उडान भरेको केहीबेरमै यस्तो घटना भएको हो । महिलाले आपत्तिजनक व्यवहार प्रदर्शन गरेपछि उक्त विमानलाई फर्काइएको थियो ।

उडानको क्रममा ती महिलाले अचानक आफ्नो लुगा फुकालेपछि विमानमा रहेका अन्य यात्री चकित भएका थिए ।  त्यसपछि विमान फर्काएर ह्युस्टनमा अवतरण गराइएको थियो । त्यसपछि ती महिलालाई ह्युस्टन प्रहरीले नियन्त्रणमा लिएर मेडिकल जाँचका लागि पठाएको थियो ।

नग्न भएकी ती महिलाले विमानबाट ओर्लन बारम्बार माग गरिरहेकी थिइन् । उनले आफू ‘बाइपोलर डिसअर्डर’बाट पीडित भएको बताएकी थिइन् ।उनले विमानको ककपिटमा जबरजस्ती प्रवेश गर्ने प्रयाससमेत गरेको बताइएको छ