२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सिफारिसको एक नम्बरमा रहेकी डा. संगीता कौसललाई स्वास्थ्य मन्त्रालयको सचिव किन नबनाएको भन्दै प्रश्न गरेकी छिन ।
आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले सो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ मागेकी हुन् । उनले भनिन, ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरेको हो ? प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलाई यो संसदले जवाफ माग गर्नुपर्छ । म यसको जवाफ माग गर्छु ।’