२४ फागुन, काठमाडौं । गुगलले मान्छेको छालामा छोएर नियन्त्रण गर्न सकिने स्मार्टवाच र एयरबड निर्माण गर्ने भएको छ ।
स्मार्टवाच र एयरबडको बढ्दो प्रयोगका बीच कम्पनीले आफ्नो आगामी परियोजनाको रुपमा यसलाई अघि बढाएको हो ।यसका लागि कम्पनीले हालै प्याटेन्ट दर्ता गराएको छ, जुन हाल बजारमा उपलब्ध स्मार्टवाच र एयरबडको तुलनामा निकै फरक हुनेछ ।
गुगलले स्क्रिनमा टच गरेर गर्नुपर्ने झन्झटलाई अन्त्य गर्दै स्मार्टवाच र एयरबडमा साउन्ड बढाउन–घटाउन आफ्नो छालामा छुँदा हुने बनाउने भएको हो ।
यसका साथै यसमा मसिन लर्निङ प्रविधिको पनि प्रयोग गरिएको छ ।गुगलले ल्याउने यो प्रविधि बजारमा कहिलेबाट उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।