|  

रास्वपाप्रति जनताको आकर्षण बढिरहेको छ : स्वर्णिम वाग्ले

२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढिरहेको बताएका छन् । 

पार्टीको भिमाद नगर समितिको आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले देशभर पार्टीको पक्षमा जनलहर बढेरहेकाले जनताको विश्वास कायम राख्नेगरी काम गर्न सबै नेता, कार्यकर्तालाई आग्रह गरे ।  

तल्लो स्तरसम्म पुगेर पार्टीको गतिविधिलाई चलायमान बनाउन आग्रह गर्दै उनले सबै मिलेर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

पार्टीका जिल्ला संयोजक विश्व बास्तोला र व्यास नगर समितिका सभापति चुडामणि दाहालले जिल्लाका सबै पालिकामा पार्टीको भेलालाई तीव्र पारिएको जानकारी दिए ।