|  

अमेरिकाले सैन्य सहायता रोक्नासाथ युक्रेनमा रुसी आक्रमण तीब्र, २५ जना मारिए, ४० घाइते 

 २५ फागुन, काठमाडौं । रुसी आक्रमणमा परी युक्रेनमा कम्तिमा २५ जना मारिएका छन् ।

ताजा आक्रमणलाई हेर्दा संघर्ष रोकिनेमा कुनै संकेत नमिलेको अधिकारीहरुले बताएका छन् ।शनिबार डोनेत्स्क क्षेत्रमा भएको एक आक्रमणमा ११ जना मारिए । जहाँ ६ बच्चासहित ४० जना घाइते भए ।

खार्किव र ओडेसासहित अन्य क्षेत्रमा घर तथा भवन संरचना ध्वस्त पारिएका छन् ।अमेरिकाले युक्रेनलाई सैन्य सहायता र खुफिया जानकारी दिन रोक लगाएपछि रुसी आक्रमण तीब्र बन्दै गएको छ ।