|  

आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना 

 २५ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।