|  

च्याम्पियन्स ट्रफी फाइनलः आज भारत र न्युजिल्यान्डको भिडन्त 

 २५ फागुन, काठमाडौं ।  च्याम्पियन्स ट्रफीको फाइनलमा आज भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।

खेल आइतबार दिउँसो नेपाली समयअनुसार २ः४५ बजे यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । त्यसैगरी दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड अफ्रिकालाई ५० रनले हराउँदै फाइनल पुगेको हो।