|  

मलेसियामा बैतडीका एक युवक बेपत्ता !

२५ फागुन, काठमाडौं । मलेसियामा बैतडीका एक युवक बेपत्ता भएका छन् ।

रोजगारीका लागि त्यहाँ रहेका मेलौली नगरपालिका–८ कोटिगाउँका २८ वर्षीया मिनसिंह ठगुन्ना बेपत्ता भएका हुन् ।  मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहीन भएका स्रोतले जनाएको छ ।

१२ गते रात्रिसम्म फोन सम्पर्क भएको र १३ गतेदेखि सम्पर्क हुन बताइएको छ । ठगुन्ना १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए । काम गर्ने क्रम

मा टाउकोमा गम्भिर चोट लागेको थियो । त्यसको चार–पाँच दिनपछि छोरो सम्पर्कविहीन भएको बताइएको छ । टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उनीसँगै कोठामा बस्दै आएका अर्का नेपालीले आफूलाई जानकारी गराएको उनले बताए ।