|  

राजावादी सल्बलाएपछि माओवादीको तराई मधेश जागरण अभियान स्थगित

२५ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तत्कालका लागि ‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ स्थगित गरेको छ ।

मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ अभियान तत्कालका लागि स्थगित गरिएको स्रोतले जनाएको छ ।

सदनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता बोध गरी, महँगी, जनजीविका, राष्ट्र राष्ट्रियता, महत्त्वपूर्ण कानून निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई ख्याल गरेर तत्कालका लागि अभियान स्थगित गरिएको हो । झापाबाट शुरू भएको अभियान शनिबार रौटहत पुगेर स्थगन भएको हो ।