|  

सुडानमा हैजाबाट दुई हप्तामा ९२ जनाको मृ#त्यु

२५ फागुन, काठमाडौं ।  सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएकोछ ।

फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना भएका छन् ।

पानीबाट हुने रोग हैजाको लहर फेब्रुअरी १६ मा उम–दबाकिर पावर स्टेशनमा ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को प्रक्षेपणले लागेपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएपछि उत्पन्न भएको थियो ।

गत मङ्गलवारसम्म सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि देशमा हैजाका घटनाहरूको सङ्ख्या ५७ हजार १३५ पुगेको छ । जसमा १ हजार ५०६ जनाको मृत्यु भएको छ ।