|  

पूर्वराजालाई गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन गृहमन्त्रीको चेतावनी !

२५ फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका छन् ।

आइतबार बिहान सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ लेखकले भने, ‘त्यो भ्रममा राजाले हौसिन आवश्यक छैन ।’जनताले आन्दोलन र क्रान्ति गरेर फालिसकेको राजालाई लोकतन्त्रमा फर्किसकेको जनताले फेरि फर्काएर ल्याउँछ भन्ने विश्वास पनि नगर्न लेखकले आग्रह गरे ।