२५ फागुन, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासको आयोजनामा अम्बासडर इन्भाइटेसनल गल्फ प्रतियोगिता २०२५ सम्पन्न भएको छ ।
शनिबार काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजित कार्यक्रममा प्रमुख गल्फरहरू, सरकारी अधिकारीहरू, कूटनीतिक प्रतिनिधिहरू र गेल्फप्रेमीहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले यस प्रकारका खेलकुद कार्यक्रमहरूमार्फत भारत र नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।
नेपालका गल्फसँग सम्बन्धित व्यक्तिहरूलाई प्रोत्साहित गर्न निरन्तर प्रयास गर्ने पनि उनले बताए ।नेपालको गल्फ समुदायमा युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्न दूतावासले नेपालका दुई प्रतिभावान युवा गल्फरलाई प्रोत्साहनस्वरुप एक–एक लाख रुपैयाँ प्रदान गरेको थियो ।