|  

सुदूरपश्चिमलाई पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छः प्रधानमन्त्री

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम सम्भावनाको प्रदेश भएको बताएका छन ।

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै ओलीले सुदूरपश्चिमलाई सुन्दर मात्रै नभई सम्भावनाको प्रदेशका रूपमा व्याख्या गरेका हुन् । दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ  । नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’

प्रधानमन्त्री ओलीले प्रचुर सम्भावना हुँदा पनि प्रदेश पछाडि रहेको भन्दै अब त्यस्तो परिचय बदल्नु पर्ने अवस्था रहेको टिप्पणी गरे । दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लाग्नु पर्ने उनको भनाइ छ । उनले दार्चुला उत्तरी क्षेत्रसम्म पुग्न सकस भएको भन्दै छाङग्रुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको बताए । दीक्षान्त समारोहमा सरिक भएका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गरेका छन ।