|  

प्रविधिको प्रयोगबाट आगलागी नियन्त्रण तालिम गर्दै काठमाडौं महानगर

२५ फागुन, काठमाडाैं । आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ ।

४० जनालाई तालिम र अभ्यास गराइएकाे महानगरका विपद् व्यवस्थापन विभागका प्रमुख जगदिश अर्यालले जानकारी दिए । आज राष्ट्रिय सभा गृहमा भएको अभ्यासमा नगर प्रहरी, वारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद् व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारी गराइएको अर्यालले बताए ।  आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प भएकाले क्षमता विकास थालिएको अर्यालले बताए ।

महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने ४ वटा दमकल छन् । एउटा मर्मतका क्रममा रहेको छ । नयाँ सडकमा एउटा दमकल र एउटा रेस्क्यु ट्रक राखिएको छ । बालाजुमा २ वटा र रामहिटीमा एउटा दमकल छ ।