२५ फागुन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता जन्माउने र फाटो ल्याउने खालका खेलहरू हुन थालेको टिप्पणी गरेका छन्।
संविधान निर्माणका बेला त्यस्ता खेलहरू भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि त्यस्तै खेल हुन थालेको बताएका हुन्। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधान निर्माणबा बेला पनि अस्थिरता र फाटो ल्याउने खेलहरू भएका थिए, त्यसलाई हामीले पराजित गरेका थियौं । फेरि त्यस्ता खेलहरू हुन थालेका छन्, ती कुरालाई सम्बोधन गर्नै पर्नेछ ।