२६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे बस्नेछ । आइतबार बस्ने भनिएको बैठक सोमबार बिहानका लागि सारिएको थियो ।
बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ।