२६ फागुन, काठमाडौं । चार देश सम्मिलित वुमन्स डे कपमा आज तेस्रो दिनका खेलहरू हुँदैछन् ।
आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नामिबियाबीच खेल हुँदैछ । दोस्रो खेलमा नेपालले हङकङसँग खेल्ने छ । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।
शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने आइतबार दोस्रो खेलमा युगाण्डालाई एक विकेटले हराएको थियो ।नेपालले यसपछि फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।