२६ फागुन, काठमाडौं । भारतको मुम्बईस्थित नागपाडा क्षेत्रमा आइतबार पानी ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर चार मजदुरको मृत्यु भएको छ ।
निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको स्रोतले जनाएको छ ।
निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको जनाइएको छ।
मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन्। घटना दिउँसो १२ः३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै भएको हो।