२६ फागुन, काठमाडौं । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई माओवादी (केन्द्र)ले पार्टीबाट निष्कासन गरेको छ ।
एक वर्षदेखि पार्टी र कार्यालयलाई जानकारी नगराइ अमेरिका गएर नफर्किएका उनलाई माओवादीको कोशी प्रदेश समितिले अनिश्चित कालका लागि निष्कासन गरेको हो ।
कट्वाल २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट साकेला ४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष भएपछि पालिका र पार्टीलाईसमेत जानकारी नदिइ अमेरिका गएपछि उनी फर्किएनन्।