२६ फागुन, काठमाडौं । बाजुराको स्वामिकार्तिक खपार गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका २ का पुसे भण्डारी रहेका छन् ।कर्णाली नदीमा माछा मार्न गएका भण्डारी घर फर्किने क्रममा भिरबाट लडेरघाइते भएका थिए ।
उनको समयमा नै उद्धार हुन नसक्दा घटनास्थलमा नै मृत्यु भएको हो ।उनको उद्धारका लागि गएका ८ जना स्थानीय समेत सोही भिरमा अड्किएका छन् । स्थानीय आफै भिरमा अड्किएपछि घाइते भण्डारीको उद्धार हुन नसकेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
जाने बेला सहज रूपमा गएका र फर्किन कठिनाइ भएका कारण १ महिला ३ बालबालिका र ४ जना युवाहरू सोही भिरमा अड्किएका छन् । हिजो दिउँसो ४ बजेदेखि उनीहरू भिरमा नै अड्किएका छन् । अहिले उनीहरूको उद्धार प्रयास भइरहेको छ ।