|  

शाहीलाई रिमालको जवाफःमलाई नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन

२६ फागुन, काठमाडौं । एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपा सचेतक ज्ञानेन्द्र शाहीलाई नालायक भएको टिप्पणी गरेका छन् ।

फेसबुकबाटै राप्रपा सांसद शाहीले लगाएको आरोप खण्डन गर्दै रिमालले ‘मलाई यस्ता नालायकहरूसँग सवाल–जवाफ गर्नु छैन’भनेर लेखेका छन्।

आइतबार पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीको निर्देशनमा राख्न लगाएको आरोप लगाएपछि रिमालले त्यसको जवाफ फर्काएका हुन्।   

रिमालले फेसबुकमा लेखेका छन्–काँक्रा चोरहरू
काँक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा
हत्तपत्त अर्काको गालामा बियाँ टाँसी
कुलेलम ठोक्छन् !
दलालहरू–
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् !