२६ फागुन, काठमाडौं । रवि लामिछाने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।
सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी लिने आदेश गरेपछि लामिछाने त्यसविरुद्ध उच्च अदालत गुहार्न पुगेका हुन् ।
लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा जिल्लाको उक्त आदेश बदरको माग गर्दै निवेदन दर्ता गराएका उनको सचिवालयले जनाएको छ ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग एक करोड रूपैयाँ धरौटी लिन आदेश दिएको थियो ।
उनले अदालतले मागेको धरौटी सोही दिन बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।