२६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेसम्म आफू मौन रहेको बताउँदै अब बोल्ने समय निकै नजिक आएको बताएका छन् ।
लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘मेरो बोल्ने समय निकै नजिक आउँदैछ । म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला । छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु,’ लामिछानेले भने ।