२६ फागुन, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको मऊ जिल्ला कारागारमा १३ कैदीमा ‘एचआईभी पोजेटिभ’ (एड्स) सङ्क्रमण पाइएको छ ।
एचआईभी पोजेटिभ पाइएका कैदीमध्ये १० जना बलियाका र तीन जना मऊ जिल्लाका छन् ।बलिया जिल्ला कारागार निर्माणाधीन रहेकाले त्यहाँका कैदीलाई पनि मऊस्थित जेलमा राखिएको छ ।
एचआईभी सङ्क्रमित कैदीमध्ये केहीले जेलमा आउनुअघि बलियाको दादरीस्थित मेलामा टाटु खोपेका थिए ।टाटु खोप्दा वा दुर्व्यसनीका क्रममा इन्जेक्सन प्रयोग गर्दा एचआईभी सङ्क्रमण भएको हुन सक्ने स्रोतले जनाएको छ ।