२६ फागुन, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई १ लाख जरिवाना तिरेको छ ।
आइतबार पूर्वराजाको स्वागत गर्ने क्रममा काठमाडौँका विभिन्न क्षेत्रको सौन्दर्य विनाश गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले पार्टीलाई १ लाख जरिवाना तिराएकाे थियो । सोही जरिवाना राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही आफैँ पुगेर महानगरलाई बुझाएका हुन् ।
महानगरपालिकाले हिजाे पार्टीलाई पत्र लेख्दै आइतबार राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको थियो ।