|  

श्रम शक्तिको व्यवस्थापन नहुँदा देश वैदेशिक रोजगारीको चपेटामा प¥योः श्रममन्त्री भण्डारी

२६ फागुन, काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा परेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई  सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जानुपर्दा युवामा विकृति समेत आएको बताउँदै आगामी दश वर्षभित्र मुलुकमै रोजगारीको सुनिश्चित गर्न उद्यमशीलता र उत्पादकत्व वृद्धि गरी श्रम बजारको व्यवस्थापनको शुरुवात भएको बताए । नेपाली युवामा देखिएका अधिकांश निराशा रोजगारसँग सम्बन्धित रहेको भन्दै उाले सरकारले रोजगारीको सिर्जना र श्रम शक्तिको उचित मूल्याङ्कन गरी निराशा चिर्ने दाबी गरे ।

मन्त्री भण्डारीले नेपालको श्रम रोजगार तथा आर्थिक गतिविधिको क्षेत्रमा नयाँ कोशेढुङ्गाको शुरुवात भएको बताए । विदेशमा सिकेका सीप र संस्कारलाई नेपालमा भित्र्याएर उत्पाकत्व वृद्धि गर्नुपर्नेमा उनले जाेड दिए ।